विश्वको सबैभन्दा ठूलो ब्रा पछि बेलायती अनलाइन रिटेलर कम्पनी सिम्मीले सबैभन्दा अग्लो हाइ हिल चप्पल सार्वजनिक गरेको छ ।

फेशनलाई चरमचुलीमा पुराउने क्रममा सिम्मीले ७ इन्च अग्लो हिल चप्पलको मोडेल सार्वजनिक गरेको हो

यो स्पिलेट्टो हिल्सको नामाकरण हाइ हिलकी पारखी भिक्टोरिया बेकह्यामको नामबाट गरिएको बताइएको छ । यसको मूल्य जम्मा ४० पाउण्ड तोकिएको छ ।

भिमकाय ब्रा जस्तै यो अग्लो हिल पनि यो ग्रीष्मकालमा उपभोक्ताको रोजाइमा पर्ने कम्पनीको विश्वास छ ।